१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवन अदालतको आदेश : रवि लामिछाने ५४ लाख धरौटीमा रिहा

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३३
  • चितवन, माघ २४ – चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

    साहारा चितवन सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। बुधबार अदालत उपस्थित भएका उनलाई थुनछेक बहस नसकिएपछि प्रहरी जिम्मा लगाइएको थियो।

    सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरी ठगी गरेको अभियोग लगाएको छ। मुद्दामा अन्य १२ जनामाथि संगठित अपराधको आरोपसमेत लागेको छ। प्रहरी अनुसन्धानअनुसार सहकारीबाट ५६ करोड २२ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ।

    यसअघि, काठमाडौं जिल्ला अदालतले रविलाई ६० लाख रुपैयाँ र रुपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ।