२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने दुई युवकविरुद्ध पाँच दिनको म्याद थप

ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध पाँच दिनको म्याद थप गरेको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७८
  • काठमाडौं, माघ २८ - ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका युवकविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न म्याद थप गरिएको हो।

    पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ का २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा छन्। दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)का विद्यार्थी तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेको प्रहरीले जनाएको छ।

    उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) का प्रहरीमाथि आक्रमण गरेको थियो। आक्रमणका क्रममा दुई प्रहरी घाइते भएका छन्।

    प्रहरीका अनुसार उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए। घटनापछि पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले ज

    नाएको छ।