८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजनको सवारी दुर्घटना, १० जनाको मृत्यु, १९ घाइते

बोलेरो र बस आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।



  • एजेन्सीको सहयोगमा
  • ३ महिना अघि
  • पाठक संख्या १५७
  • प्रयागराज, फागुन ३ – उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन सवार गाडी दुर्घटनाग्रस्त भएको छ। शनिबार बिहान करिब २ बजे प्रयागराज-मिर्जापुर राजमार्ग अन्तर्गत मेजा क्षेत्रमा बोलेरो र बस आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

    प्रहरीका अनुसार, छत्तीसगढको कोरबा जिल्लाबाट भक्तजनहरू पवित्र संगममा स्नान गर्न आउँदै थिए। यात्रा क्रममा तीव्र गतिमा रहेको बोलेरो बससँग ठोक्किँदा दुर्घटना भएको हो। मृत्यु हुने सबै जना बोलेरोमा सवार थिए।

    घटनाको जानकारी प्राप्त हुने बित्तिकै प्रहरी टोली दुर्घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई स्थानीय अस्पताल पठाइएको छ भने गम्भीर घाइतेहरूको उपचारका लागि जिल्ला अस्पताल स्थानान्तरण गरिएको छ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यसैबीच, बसमा यात्रा गरिरहेका अन्य भक्तजनहरू मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा रहेको खुलेको छ। घाइतेहरूलाई रामनगरस्थित सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा भर्ना गरिएको छ।