३१ जेठ २०८३ आईतबार | 14 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

छोराको हत्या गरेको आरोपमा भ्लोन दम्पती प्रहरी हिरासतमा

बिहीबार राति चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरतमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३१४
  • मकवानपुर, फागुन २२ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित अदुवाबारीमा छोराको हत्या आरोपमा भ्लोन दम्पतीलाई प्रहरीले हिरासतमा लिएको छ। मृतक भरतकुमार भ्लोनका बाबु ६४ वर्षीय मीनबहादुर भ्लोन र आमा ६३ वर्षीया देवीमाया भ्लोनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरतमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए। घटनामा गम्भीर घाइते भएका भरतलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो, जहाँ शनिबार उनको मृत्यु भएको थियो।

    मृतकका बाबुआमासमेत झडपमा घाइते भएपछि उनीहरूको भक्तपुरस्थित इवा मुरा अस्पतालमा प्रहरी निगरानीमा उपचार गरिएको थियो। स्वास्थ्य लाभपछि उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ।

    प्रहरी प्रवक्ता डीएसपी श्यामु आर्यलका अनुसार भ्लोन दम्पतीमाथि हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरतले बाबुआमाको आँखामा खुर्सानीको धुलो छरेपछि झडप भएको थियो। सोही क्रममा बाबुआमाले प्रतिकार गर्दा भरत गम्भीर घाइते भएका थिए।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।