२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एसईई सुरु भएको २० मिनेटमै प्रश्नपत्र आउट

एसईई परीक्षा सुरु भएको २० मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३७९
  • सिराहा, चैत्र ७ — एसईई परीक्षा सुरु भएको २० मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ।

    लहान नगरपालिका-१९ स्थित जनता बनवाली माध्यमिक विद्यालय, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र लिक भएको स्रोतले जनाएको छ।

    निजी विद्यालयको मिलेमतोमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको संलग्नतामा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको आशंका छ।

    जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले परीक्षा मर्यादित बनाउन ५० जना अनुगमन टोली खटाइएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन्।

    सिराहाका ५० परीक्षा केन्द्रमा १०,७०३ विद्यार्थी परीक्षामा सहभागी छन्।