३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रवक्ता प्रकाण्डद्वारा राजावादी प्रदर्शनमा तीन स्वार्थको गठबन्धन रहेको दाबी

उनले भारत र अमेरिकाबीच दक्षिण एसियामा प्रभाव बढाउने सहमति भएको र त्यसको असर नेपालमा देखिएको दाबी गरे।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७१
  • काठमाडौं, चैत्र १० – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले हालै भएको राजावादी प्रदर्शनमा पश्चिमा साम्राज्यवादी शक्ति, भारतीय हिन्दूवादी संस्थापन पक्ष तथा पूर्वराजा ज्ञानेन्द्र शाहको पुनरागमन चाहने तत्वहरूको गठबन्धन रहेको दाबी गरेका छन्।

    शनिबार काठमाडौंमा सम्पन्न संयुक्त बैठकमा उनले नेपाल हाल भूराजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको बताए। अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि विश्वमा द्विध्रुवीय सत्ता संघर्ष बढेको र त्यसको प्रभाव नेपालमा समेत परेको उनको भनाइ थियो।

    उनले भारत र अमेरिकाबीच दक्षिण एसियामा प्रभाव बढाउने सहमति भएको र त्यसको असर नेपालमा देखिएको दाबी गरे। बाह्य शक्तिहरूले कांग्रेसलाई समेत गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबाट पछि हटाउन खोजेको भन्दै उनले समाजवादी मोर्चालाई सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।