१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सर्वदलीय बैठकमा गएनन् हर्क साम्पाङ



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ८५
  • काठमाडौं, जेठ २५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहभागी भएनन्। सिंहदरबारमा आयोजना गरिएको उक्त बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको थियो।

    अध्यक्ष साम्पाङले पूर्वनिर्धारित अर्को कार्यक्रमका कारण बैठकमा उपस्थित हुन नसकेको बताएका छन्। उनका अनुसार श्रम संस्कृति पार्टीको तर्फबाट बैठकमा कुनै प्रतिनिधि पनि सहभागी भएनन्।

    भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न विभिन्न दलका नेताहरूसँग संवाद अघि बढाउने क्रममा सर्वदलीय बैठक आयोजना गरेका हुन्।