३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ६६
  • काठमाडौं, जेठ २६ - प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। साथै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम पनि सिफारिस गरिएको छ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार दुवै मन्त्रीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

    यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङले सम्पत्ति विवरण सम्बन्धी विवाद चर्किएपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीसँग सम्बन्धित सार्वजनिक चासोका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो।

    पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिले गत शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गरेसँगै गुरुङलाई पुनः गृहमन्त्री बनाउने प्रक्रिया अघि बढाइएको हो।

    यस्तै, सामाजिक अभियन्ता तथा आविष्कारक महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ। उनको नियुक्तिलाई प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा सरकारले नयाँ प्राथमिकता दिएको संकेतका रूपमा हेरिएको छ।