६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपा गण्डकी प्रदेशद्वारा हिउँदे धान रोपाइ, उत्पादन र आत्मनिर्भरतामा जोड

'नेकपा निरन्तर उत्पादनमा छ, पार्टी र कार्यकर्ता आत्मनिर्भर बन्दैछन्,' शिलु सीले भनिन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १२१
  • पोखरा, चैत २७ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालयले पोखरा महानगरपालिका–१३, छिनेडाडास्थित पार्टी कार्यालय परिसरमा हिउँदे धान रोपेको छ। उत्पादनमुखी अभियानअन्तर्गत मकै रोप्ने कार्य पनि सुरु गरिएको पार्टीले जनाएको छ।

    पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य शिलु सीका अनुसार समाजवादको बहस भइरहेका बेला व्यवहारिक रूपमा उत्पादन प्रणालीलाई आत्मसात् गर्दै उदाहरण प्रस्तुत गर्न नेकपाले उत्पादनमा जोड दिएको हो। “नेकपा निरन्तर उत्पादनमा छ, पार्टी र कार्यकर्ता आत्मनिर्भर बन्दैछन्,” शिलु सीले भनिन्।

    हाल पार्टी कार्यालय परिसरमा काक्रालगायत नगदे बालीहरू उत्पादन भइरहेका छन्।

    धान रोपाइ कार्यक्रममा पोलिट्ब्युरो सदस्य, केन्द्रीय सदस्य तथा विभिन्न तहका नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेकपाले उत्पादनलाई राजनीतिक गतिविधिसँग जोड्दै समाजवादको आधार नै उत्पादन हो भन्ने सन्देश दिन चाहेको बताएको छ।