६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको समर्थनमा ३४ लाख हस्ताक्षर, ६५ लाख सहयोग संकलन



  • अञ्जना ढकाल
  • १२ घण्टा अघि
  • पाठक संख्या ५४
  • काठमाडौं, भदौ ५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानले व्यापक समर्थन पाएको छ।

    पार्टीका प्रवक्ता मनिष झाका अनुसार हालसम्म ३४ लाख नागरिकले हस्ताक्षर गर्दै लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन् भने ६५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग समेत संकलन भएको छ।

    रास्वपाले सभापति लामिछानेविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधको विरोधस्वरूप असार ७ गतेदेखि अभियान सुरु गरेको हो। अभियान अन्तर्गत देशभर हस्ताक्षर संकलन जारी छ।

    झाका अनुसार हालै कञ्चनपुरबाट पनि अभियानको नयाँ चरण सुरु गरिएको छ, जसको नेतृत्व सचिवालय सदस्य दीपक बोहराले गरेका छन्। पश्चिमदेखि पूर्वसम्म फैलिएको अभियानले देशव्यापी जनसमर्थन बटुलिरहेको रास्वपाको दाबी छ।