५ बैशाख २०८२ शुक्रबार | 18 Apr 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ६२
  • झापा, चैत २७ – झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

    पाँचथर मिक्लाजुङ गाउँपालिका-३ आरुभोटे स्थायी घर भई हाल झापा गौरादह नगरपालिका-५ बालुबथानमा बस्दै आएका ५४ वर्षीय दूधकुमार लावतीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    प्रहरीका अनुसार, आज बिहान ७ बजे लावती भान्सा कोठामा खाजा खाइरहेका बेला चट्याङ लागेको थियो। घटनास्थलमा नै उनको मृत्यु भएको बताइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय दमक र गौरादहका टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ।

    प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।