काठमाडौं, चैत्र २८ - आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
अघिल्लो दिन तोलामा २ हजारले बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो ।
सुनले यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेर उच्चतम रेकर्ड तोडेको थियो । त्यस्तै चाँदी मूल्य पनि ६५ रुपैयाँ बढेर १९०० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस