२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीनकुनेमा आगजनी गर्ने दुई जना पक्राउ

प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा भएको आगजनी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५४
  • काठमाडौं — पूर्वराजाको समर्थनमा चैत १५ गते आयोजित प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा भएको आगजनी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    प्रदर्शनको क्रममा दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा सहभागी केही व्यक्तिहरुले सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगजनी गरेका थिए। संस्थाका अध्यक्ष प्रेमबहादुर श्रेष्ठका अनुसार सो भवन पूर्णरूपमा क्षति भएको छ।

    उक्त आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले प्रवीण जोशी र सुरज गौतमलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

    प्राप्त भिडियो फुटेजमा एक जना आरोपीले आगो लगाउँदै भनिरहेका छन्, "बल्यो बल्यो, हाम्रो आन्दोलन रोकिने वाला छैन, दम छ भने रोकेर देखाऊ।" भिडियोमा उनीहरूले पूर्वराजा र रानीको फोटो अंकित टिसर्ट समेत लगाएको देखिन्छ।

    प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।