१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारको आह्वानपछि वार्ताका लागि सिंहदरबार पुगे शिक्षक नेता

सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू शुक्रबार दिउँसो सिंहदरबार पुगेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११६
  • काठमाडौँ, वैशाख १२ - सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू शुक्रबार दिउँसो सिंहदरबार पुगेका छन्।

    गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डा. दीपक काफ्लेले वार्ताका लागि छुट्टाछुट्टै रूपमा आह्वान गरेका थिए। त्यसपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जना शिक्षक नेताहरू छलफलका लागि सिंहदरबार पुगेका हुन्।

    महासंघका महासचिव तुला थापाले सरकारको पुनः वार्ता आह्वानपछि महासंघले आन्तरिक छलफल गरेको जानकारी दिए। आन्तरिक सहमतिपछि छलफलका लागि तयार भएका महासंघका २५ जना प्रतिनिधिलाई सिंहदरबार प्रवेश अनुमति (गेटपास) दिन शिक्षा मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको थियो।

    शिक्षकहरूको आन्दोलन समाधानका लागि सरकार र शिक्षक प्रतिनिधिबीचको वार्ता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।