पोखरा, वैशाख २० - अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ केन्द्रिय समितिको विस्तारित बैठक आज पोखरामा सम्पन्न भएको छ।
महासंघका संयोजक पिताम्बर सीको अध्यक्षतामा बसेको बैठकमा नेकपाका महासचिव विप्लव सी, पार्टी स्थायी कमिटी सदस्य शिलु सी, अतिथि पार्टी पीबीएम सन्देश सी, र नेकपा कास्की जिल्ला इन्चार्ज आस्था सीको उपस्थिति रहेको थियो।
बैठकले आगामी जेठ चितवन ३१ गते राष्ट्रिय भेला आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यसका साथै, बैठकले हाल देशभर भइरहेको स्वास्थ्यकर्मीहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै सम्बन्धित निकायलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
स्वास्थ्यमा रहेको विकृति र विसंगतिको विरुद्ध संघर्ष गर्ने छ ।
बैठकमा जनस्वास्थ्य भवनको सुचारु सञ्चालनलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो। बैठक सञ्चालन भिम सीले गरेका थिए।
समाचारदाता: समर झुसे
प्रतिक्रिया दिनुहोस