२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो साढे ३ बजे बस्ने बैठकमा विधेयकमाथि विस्तृत छलफल गरिनेछ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७८
  • काठमाडौं, वैशाख २२ – विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज छलफल हुँदैछ।

    सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो साढे ३ बजे बस्ने बैठकमा विधेयकमाथि विस्तृत छलफल गरिनेछ। समितिले यसअघि विधेयकमाथि सहमति जुटाउने उद्देश्यले उपसमिति गठन गरेको थियो। आजको बैठकमा उपसमितिको कार्य प्रगतिबारे मूल समितिमा छलफल हुने जनाइएको छ।

    ११ सदस्यीय उपसमितिको संयोजकमा सांसद छविलाल विश्वकर्मा छन्। उपसमितिमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, सांसदहरू रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, विनिता कुमारी सिंह र बिना जैसवाला सदस्य रहेका छन्।

    समितिको छलफलले विद्यालय शिक्षा विधेयकलाई थप परिष्कृत गर्दै अघि बढाउने अपेक्षा गरिएको छ।