काठमाडौं, वैशाख २२- कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै धर्ना दिएका छन्। कोरियन भाषा परीक्षा (EPS-TOPIK) सफलतापूर्वक पास गरेका नेपाली युवाहरूले लामो समयदेखि कोरिया जान नपाएको गुनासो गर्दै सोमबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।
उनीहरूले परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान पाएका छैनन्। युवाहरूको भनाइमा, सरकारले प्रक्रिया अगाडि नबढाउँदा उनीहरूको उमेर, ऊर्जा र अवसर खेर गइरहेको छ। कतिपयले भाषा सिक्न, परीक्षा दिन र आवश्यक कागजात तयार पार्न ठूलो समय, श्रम र पैसा खर्च गरेको भन्दै चाँडो प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस