२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महासचिव विप्लवलाई स्वदेशी खाजा हस्तान्तरण, उद्योग प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता

कोसिली उद्योगका प्रतिनिधि गोविन्द थापाले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै नेकपा महासचिव विप्लवसँग भेट गरी उद्योग क्षेत्रका समस्या र समाधानबारे छलफल गरे।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या ५९९
  • पोखरा, वैशाख २२ – स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्थित नेकपा पार्टी कार्यालयमा आज कोसिली उद्योगका तर्फबाट एक विशेष भेटघाट सम्पन्न भएको छ।

    उद्योगी गोविन्द थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'लाई आफ्नो उद्योगमा उत्पादन गरिएका खाजाका सामग्रीहरू हस्तान्तरण गरेका छन्।

    उक्त अवसरमा थापाले स्वदेशी उद्योगीहरूले भोगिरहेको समस्याबारे महासचिव विप्लवलाई जानकारी गराउँदै राज्यको सहयोगको अभावमा उद्योग क्षेत्र कठिनाइमा रहेको बताए। उनले आफ्नो उद्योगले स्वरोजगार सिर्जना गर्दै देशको अर्थतन्त्रमा योगदान दिइरहेको उल्लेख गरे।

    भेटलाई फलदायी भएको भन्दै थापाले भने, “राजनीतिक अस्थिरताले उद्योग व्यवसायमा नकारात्मक असर पारेको छ। तर, हामी स्वदेशी उत्पादनमार्फत देशमै रोजगारी र समृद्धिको बाटो खोल्न चाहन्छौं।”

    महासचिव विप्लवले स्वदेशी उत्पादन र राष्ट्रिय पुँजीको प्रयोगमार्फत देशलाई आत्मनिर्भर बनाउने आफ्नो पार्टीको नीति स्पष्ट गर्दै भने, “सहकारी प्रणाली, उत्पादन र पार्टी स्वामित्वको जग्गालाई एकीकृत रूपमा प्रयोग गरेर हामी आत्मनिर्भर अर्थतन्त्रको मोडेल स्थापना गर्न चाहन्छौं।”

    उद्यमी थापासँगको भेटघाटले स्वदेशी उद्योगप्रतिको प्रतिबद्धता पुनः पुष्टि भएको बताउँदै महासचिव विप्लवले यस्ता सहकार्यहरूबाट राष्ट्रिय उत्पादन र रोजगारीमा टेवा पुग्ने विश्वास व्यक्त गरे।