ताप्लेजुङ - बर्खा लागे सङै पहाडी इलाकामा बाढिपहिरो को उच्च जोखिम बढ्दो छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नंं. ६ मामाङ्खे र वडा नम्बर ८ याम्फुदिनमा पहिरो जाँदा दर्जनौ घररिवार विस्थापित भएका छन् । वडा नं. ६ गैरी बस्ने यनराज लिम्बुको घर सँगै गाइबस्तु बाख्रा बगाउँदा १६ लाख भदा धेरैको क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही ठाउँका सुक्रराज लिम्बुको घर सहित पशु चौपाया बगाउँदा १० लाख माथीको क्षती भएको छ । विस्थापित परिवारलाई स्थानीय मानिस र प्रहरीको सहयोगमा टंक गौतमको खाली जग्गामा राखिएको प्रहरी उपरिक्षक रावलले जानकारी दिनुभयो ।
पहिरोले गौरिमाया लिम्बु, पुर्णकुमार माबो, भिममाया गुरुङ, यामबहादुर लिम्बु, बुद्धिमान लिम्बु, रनकुमार लिम्बू, चन्द्रमान लिम्बू, रबि बहादुर लिम्बू, ख्यालमान लिम्बु, बिरबहादुर लिम्बु, जगत लिम्बु, अमृत लिम्बुको घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।
त्यस्तै चन्द्र बहादुर लिम्बुको घर बगाएको छ भने आगे जेठ्ठा, आगे कान्छा, साबिका २ नं. वडा देउराली डाडाँका मनकुमार लिम्बू, ईन्द्र ब. लिम्बू, मन ब. लिम्बू, नारायण भटराई, मेघनाथ भटराई र साबिक ६ नम्बर वडाका गलिमुनि माईलाको घरपनि उच्चजोखिममा रहेको छ ।
त्यस्तै गरि सिरिजङ्गा ८ याम्फुदिन साम्मेथुङका पदम माबो, छिरिङ भोटे, राज बहादुर लिम्बु, कृतिमान लिम्बु, गर्जमान गुरुङ र उमेस लिम्बुको घरमा पहिरोले क्षती गरेको र साबिक वडा नंं. ४ मासबारि कान्छाको बाख्रा बस्तु बगाएको बताईएको छ । यसअघि शुक्रबार फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमा पहिरो जाँदा एकै परिवारका ४ जनाको ज्यान गएको थियो गत ३० गते सिरिजङघाको खेबाङमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस