१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजावादीहरूले गर्न लागेको आन्दोलनलाई प्रतिकार गर्न आग्रह

प्रचण्डले गणतन्त्रविरुद्ध जेठ १५ गते राजावादीहरूले गर्न लागेको आन्दोलनलाई प्रतिकार गर्न आग्रह गरे।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११९
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करोडौँ खर्च गर्नुपर्ने विद्यमान निर्वाचन प्रणाली लुटेरा प्रवृत्तिको भएको भन्दै आपत्ति जनाएका छन्।

    सुर्खेतमा सोमबार आयोजित वाइसिएल कर्णाली सम्मेलनमा उनले दलित, उत्पीडितले खर्च नगरी चुनाव लड्न मिल्ने प्रणाली आवश्यक भएको बताए।

    प्रचण्डले गणतन्त्रविरुद्ध जेठ १५ गते राजावादीहरूले गर्न लागेको आन्दोलनलाई प्रतिकार गर्न आग्रह गरे।

    साथै, दलाल पुँजीपति र भू–माफियाले अर्थतन्त्र कब्जा गरेको र षड्यन्त्रपूर्वक आफ्नो सरकार ढालिएको आरोप पनि लगाए।