काठमाडौं, वैशाख ३१ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देश ठूलो दुर्घटनाको छेउमा पुगेको चेतावनी दिएका छन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले वर्तमान व्यवस्था ल्याउने नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संविधानमा उल्लेख गरिएको समाजवाद घोषणा गर्नुपर्ने बताएका हुन्।
उनले संविधानले समाजवादको मार्ग देखाए पनि दलहरूले त्यसअनुसार काम नगरेको आरोप लगाए। जनतामा व्यवस्था र नेताप्रति असन्तुष्टि बढेको उल्लेख गर्दै उनले समयमै सचेत नभए परिवर्तन नटारिने बताएका छन्।
गौतमले आफैंले तयार पारेको समाजवादको खाका नेताहरूले नजरअन्दाज गरेको भन्दै गुनासोसमेत गरे।
प्रतिक्रिया दिनुहोस