१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवीन्द्र मिश्रको रिहाइको मागमा सर्वोच्चमा सुनुवाइ, राप्रपाको विरोध जारी

रवीन्द्र मिश्रको रिहाइको मागमा सर्वोच्च अदालतमा आज पुनः बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ९१
  • काठमाडौं, जेठ २ – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइको मागमा सर्वोच्च अदालतमा आज पुनः बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ। बिहीबार न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएको हो।

    गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा मिश्र पक्राउ परेका थिए। हिंसात्मक भएको उक्त प्रदर्शनमा दुई जनाको मृत्यु र सम्पत्तिमा क्षति भएको थियो।

    मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उनकी श्रीमती सारिका कार्कीले रिट दायर गरेकी हुन्। बुधबार सर्वोच्चले मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

    हाल मिश्र ४७ दिनदेखि प्रहरी हिरासतमा छन्। राप्रपाले उनको रिहाइको माग गर्दै विभिन्न आन्दोलनात्मक कार्यक्रम गर्दै आएको छ।