१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित

सर्वोच्च अदालतले आजको लागि तोकिएको पेसी पनि "हेर्न नमिल्ने" भन्दै स्थगित गरेको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ९८
  • काठमाडौं, जेठ ५ - पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार पनि सुनुवाइ हुन सकेन।

    सर्वोच्च अदालतले आजको लागि तोकिएको पेसी पनि "हेर्न नमिल्ने" भन्दै स्थगित गरेको हो। यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले रिट हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश दिएको थियो।

    आजको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलास तोकिएको थियो। तर, उक्त इजलासले पनि हेर्न नमिल्ने भन्दै रिटमा सुनुवाइ नगरी मंगलबारका लागि स्थगित गरेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

    यसरी दुई दिन लगातार सुनुवाइ स्थगित भएपछि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको निर्णयप्रति चासो बढेको छ। अब यो मुद्दा मंगलबार पुनः पेशीमा राखिएको छ।