१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीनकुने घटनालाई धर्मसँग जोड्न मिल्दैन : गृहमन्त्री लेखक



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ८३
  • काठमाडौं, जेठ ५ - गृहमन्त्री रमेश लेखकले काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई कुनै पनि धर्म वा आस्थासँग जोड्न नमिल्ने बताएका छन्।

    प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले धर्मलाई राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्नु अनुचित भएको स्पष्ट पारे।

    ‘तीनकुने घटनामा भएको हिंसा र आगजनी आपराधिक कार्य हो,’ उनले भने, ‘यसलाई कुनै धर्मसँग जोडेर हेर्न मिल्दैन।’

    गृहमन्त्री लेखकले राजतन्त्रको वकालत संविधानविपरीत भएको उल्लेख गर्दै यस्तो कार्य कुनै हालतमा स्वीकार्य नहुने पनि बताए।