१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने

सर्वोच्च अदालतले अहिलेका लागि नयाँ पेशी मिति तोकेको छैन।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ७५
  • काठमाडौं, जेठ ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनमाथि आज (बुधबार) सुनुवाइ नहुने भएको छ।

    सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि तोकिएको सुनुवाइ स्थगित गर्दै पेशी सूची सार्वजनिक गरेको छ। मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले निवेदनलाई हेर्दाहेर्दैमा राख्दै बुधबार निरन्तर सुनुवाइ गर्ने भनिएको थियो।

    तर बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा व्यस्त रहे भने अर्का न्यायाधीश ढकाल छुट्टै इजलासमा रहेका कारण सुनुवाइ अघि बढ्न सकेन।

    सर्वोच्च अदालतले अहिलेका लागि नयाँ पेशी मिति तोकेको छैन। लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको हो।