८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ हुँदै



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या ४३
  • काठमाडौं, जेठ ७ - पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने मागसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

    सर्वोच्च अदालतले उक्त निवेदनमाथि मंगलबारदेखि सुनुवाइ सुरु गरेको थियो। तर, बुधबार संवैधानिक इजलास बस्ने दिन परेकाले बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ अघि बढ्न सकेको थिएन।

    आज न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले निवेदनमाथिको सुनुवाइलाई निरन्तरता दिने भएको छ। रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने वा नपर्ने भन्नेबारे आजको सुनुवाइ महत्वपूर्ण मानिएको छ।