८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ

प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या ३८
  • काठमाडौं, जेठ ७ - प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा तनहुँका ४३ वर्षीय विकास गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रञ्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कञ्चनपुरका ५२ वर्षीय लोकजन खड्का रहेका छन्।

    उनीहरूले विभिन्न देशहरूमा रोजगारीमा पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार, गुरुङले अजरबैजान पठाउने भन्दै ५ लाख रुपैयाँ, अधिकारीले जापान पठाउने भन्दै ३ लाख रुपैयाँ, घिमिरेले जापान पठाउने भन्दै ५० हजार रुपैयाँ, र खड्काले थाइल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए।

    पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।