१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २८०
  • काठमाडौँ, जेठ ११ — ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीका अनुसार जेठ १५ भित्रै सम्पूर्ण कार्य सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

    फ्लाइओभर जेठ मसान्तभित्र सवारीसाधन चलाउन मिल्ने गरी निर्माण भइरहेको जानकारी आयोजनाले दिएको छ। निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको बताइएको छ।

    आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण स्थलको स्थलगत निरीक्षण गरेका छन्। मन्त्री दाहालले कामको प्रगति सन्तोषजनक रहेको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    फ्लाइओभर निर्माण सम्पन्न भएपछि ग्वार्को क्षेत्रमा सवारी चाप कम हुने र आवागमन सहज हुने अपेक्षा गरिएको छ।