काठमाडौं, जेठ १५ – नेकपा एमालेको कार्यक्रम र राजावादी समूहको प्रदर्शनलाई ध्यानमा राख्दै रत्नपार्क तथा भृकुटीमण्डप क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मी बाक्लो संख्यामा खटिनुका साथै क्षेत्रको निगरानी ड्रोनमार्फत समेत गरिएको छ।
भृकुटीमण्डपमा नेकपा एमालेले बिहान ११ बजे कार्यक्रम तय गरेको छ भने राप्रपा लगायतका राजावादी समूहले रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। प्रशासनले राजावादी प्रदर्शनका लागि दिउँसो २:३० बजेपछि मात्र अनुमति दिएको छ।
प्रदर्शन र राजनीतिक कार्यक्रममा भिडभाड र सम्भावित अव्यवस्थालाई ध्यानमा राख्दै सुरक्षातन्त्र सतर्क बनेको छ। प्रहरीले भृकुटीमण्डप, शान्तिबाटिका, रत्नपार्क लगायतका क्षेत्रमा सुरक्षा घेराबन्दी बढाएको छ।
कार्यक्रमस्थल नजिकै सर्वसाधारणको आवतजावतमा समेत निगरानी राखिएको छ भने आवश्यक परेमा थप सुरक्षाकर्मी परिचालन गरिने प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस