१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुरमा अनधिकृत संरचना हटाउन थाल्यो महानगरपालिका

ललितपुर महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २१८
  • ललितपुर, जेठ २६ - ललितपुर महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ।

    विशेषगरी मुख्य सडक छेउछाउमा घरहरूको छानोबाहिर निकालिएको पाली, बार्दली, पिलर, र अस्थायी संरचना हटाउने काम सुरु गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।

    सोमबार शंखमुल क्षेत्रबाट हटाउने काम थालिएको हो। उनले भने, “अब यो अभियान निरन्तर चल्नेछ। मंगलबारदेखि मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा पनि अनधिकृत संरचना हटाइनेछ।”

    महानगरले अघिल्लो वर्ष नै सूचना जारी गर्दै अनधिकृत रूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको थियो। त्यसपछि पनि पालना नभएपछि अब कडाइका साथ कारबाही थालिएको हो।

    महानगरले यस अभियानमार्फत सार्वजनिक स्थल र सडक खाली गराउँदै सहरको सौन्दर्य र सुरक्षित आवागमन सुनिश्चित गर्ने लक्ष्य लिएको छ।