२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५४
  • काठमाडौं, जेठ ३० – पत्रकार सुरेश रजकको हत्या र घर आगजनी प्रकरणमा संलग्न भएको अभियोगमा दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

    २०७८ चैत १५ गते पूर्वराजाको समर्थनमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। सोही घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका प्रसाईंसहित अन्य ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतको आदेशअनुसार डिल्लीबजार कारागार पठाएको जनाएको छ।

    कारागार चलान गरिएका व्यक्तिहरूमा दुर्गा प्रसाईँ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठ रहेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई घटनामा संलग्न ठहर गर्दै मुद्दा अघि बढाएको हो।

    उक्त दिन दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले तीनकुनेस्थित सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगजनी गरेका थिए। प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा रहेको सो सहकारीको भवन पूर्णरूपमा ध्वस्त भएको थियो। यही भवनमा पत्रकार रजकको मृत्यु भएको हो।

    प्रहरी अनुसन्धान अनुसार, रामेछापको सुनापति गाउँपालिकाका सरोज गौतम र अछामको पञ्चदेवलका गोकर्ण शाहीले आगजनीमा सक्रिय भूमिका खेलेका थिए। घटनासँग सम्बन्धित अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।