१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनमा लगाइएको विलासिता कर खारेजको माग गर्दै काठमाडौंमा सुनचाँदी व्यवसायीको प्रदर्शन

दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग गर्दै सुनचाँदी व्यवसायीहरुले सोमबार काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ५४८
  • काठमाडौं, असार २ – सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग गर्दै सुनचाँदी व्यवसायीहरुले सोमबार काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका छन्।

    नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा व्यवसायीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–रत्नमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गरेका छन्।

    व्यवसायीहरुले सरकारसँग व्यवसायीमैत्री, उपभोक्तामुखी नीति तथा स्पष्ट निर्देशिका निर्माण गर्न समेत माग गरेका छन्।

    प्रदर्शनका क्रममा उनीहरुले ‘हाम्रा कुरा सुन्दे, चाहियो जति सुन दे’, ‘उपभोक्तामारा नियम चाहिँदैन’, ‘सरकार सुन दे, सुनचाँदीको कानून दे’, ‘उच्च कर हटाउ, व्यापार बचाउ’ भन्ने नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

    व्यवसायीहरुले करका कारण सुनचाँदी व्यवसाय संकटमा परेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारलाई चेतावनी दिएका छन्।