१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सेयर बजारमा भूकम्प जस्तै गिरावट, सरकार मौन ?



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १८५
  • काठमाडौँ, चैत २३ - नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले राष्ट्रिय सभामा सेयर बजारको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार सरकारले चालेका पछिल्ला कदमहरूले बजारमा त्रासको वातावरण सिर्जना गरेको छ।

    रोकायाले बैठकको शून्य समयमा बोल्दै बजारमा निरन्तर गिरावट देखिनुले लगानीकर्तामा नकारात्मक असर परेको बताए। यसले पुँजी बजारप्रति अनिश्चितता फैलाएको र ठूला लगानीकर्ता पलायनको जोखिम बढाएको उनको भनाइ छ।

    नयाँ सरकार गठनपछि उद्योगी व्यवसायीमा केही आशा देखिएको भए पनि, पछिल्ला सरकारी निर्णयहरूले उनीहरूमा पुनः संशय र सशङ्का उत्पन्न भएको रोकायाले बताए। यस कारण बजारमा स्थिरता आउन नसकेको उनको धारणा रहेको छ।

    उनले हालसम्म लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको जानकारी दिँदै दीर्घकालीन रूपमा यस्तो अवस्थाले अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।

    रोकायाले सरकारले तत्काल प्रभावकारी कदम चालेर बजारमा विश्वास जगाउनुपर्ने र लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा जोड दिएका छन्।