१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो

माधवकुमार नेपालको विशेष अदालतमा बयान तथा थुनछेक बहस सकिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १२०
  • काठमाडौं, असार ११ - पतञ्जलि समूहलाई जग्गा खरिदका लागि हदबन्दी छुट दिने निर्णयमा अनियमितता गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान तथा थुनछेक बहस सकिएको छ।

    बुधबार विशेष अदालतमा उनी स्वयं उपस्थित भई आफ्नो पक्षमा बयान दिएका थिए। बयानपछि अदालतमा थुनछेकसम्बन्धी बहस पनि सम्पन्न भएको हो।

    नेपालमाथि पतञ्जलिलाई लाभ पुग्ने गरी हदबन्दी छुटको निर्णयमार्फत सरकारी नियमको उल्लंघन गरिएको आरोप लागेको छ। विशेष अदालतले अब लिखित आदेशमार्फत थुनछेकबारे निर्णय सुनाउनेछ।

    यस प्रकरणमा अन्य केही पूर्वमन्त्री तथा सरोकारवालामाथि पनि अनुसन्धान भइरहेको बताइएको छ।