६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न मिल्दैन : सांसद सुमना श्रेष्ठ

उनले निजी विद्यालयलाई नयाँ मापदण्डसहित गैरनाफामूलक बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइन्।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १२३
  • काठमाडौं, असार १२ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षालाई नाफामूलक व्यापारको रूपमा नहेरिनुपर्ने धारणा राखेकी छिन्।

    बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयलाई नयाँ मापदण्डसहित गैरनाफामूलक बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइन्।

    “शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न मिल्दैन,” उनले भनिन्, “संविधानको भावना अनुसार शिक्षालाई सुधार गर्नुपर्छ। संविधानको स्प्रिट नबोक्ने हो भने संविधान नै फेरौं।”

    श्रेष्ठले निजी विद्यालयहरूलाई तत्काल राष्ट्रियकरण गर्नुभन्दा पनि दीर्घकालीन योजना अनुसार १५ वर्षभित्र गैरनाफामूलक र लोककल्याणकारी बनाउने दिशामा अघि बढ्नुपर्ने प्रस्ताव राखिन्।

    “निजीलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्छ,” उनले भनिन्, “१५ वर्षभित्र निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनु पर्छ। त्यो दिशामा अगाडि बढ्न समयसीमा तोक्नु जरुरी छ।”

    उनको तर्क अनुसार निजी क्षेत्रलाई प्रतिबन्ध होइन, तर उत्तरदायी र शिक्षाको मूल भावनालाई आत्मसात् गर्न बाध्य तुल्याउन आवश्यक छ।

    बैठकमा सांसद श्रेष्ठले शिक्षा क्षेत्रलाई संविधानको भावना अनुसार पुनर्संरचना गर्नुपर्नेमा पनि जोड दिइन्।