१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्पेन प्रकरण : गृहमन्त्री लेखकको निर्देशन – नफर्किएका व्यक्तिहरूको गम्भीर छानबिन गरिने

लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँगै स्पेन गएका तर नफर्किएका व्यक्तिहरूको विषयमा गहिरो छानबिन गर्न निर्देशन दिएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९४
  • काठमाडौं, असार ३० – गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँगै स्पेन गएका तर नफर्किएका व्यक्तिहरूको विषयमा गहिरो छानबिन गर्न निर्देशन दिएका छन्।

    सोमबार बिहान गृहमन्त्रालयमा बसेको बैठकमा मन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई आवश्यक अनुसन्धान अघि बढाउन निर्देशन दिएका हुन्।

    गृहमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सरकारी प्रतिनिधिमण्डल बाहेक स्पेन को-को गएका थिए, उनीहरू कसरी गएका थिए भन्ने कुराहरू अब अनुसन्धानको दायरामा ल्याइनेछ।

    "प्रधानमन्त्रीको टोली बाहेक स्पेन गएकाहरू कुन प्रक्रिया र कुन संस्थामार्फत गएका हुन्, उनीहरूको भिजिट भिसा कसले मिलायो भन्ने कुरासमेत छानबिन गरिनेछ," मन्त्री लेखकले बताएका छन्।

    गृह मन्त्रालयले यस विषयको गहिरो छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा दिने निर्णय गरेको छ। गृहमन्त्री लेखकले दोषी ठहरिनेहरूमाथि कानुनी कारबाही हुने स्पष्ट संकेत पनि दिएका छन्।

    प्रधानमन्त्री ओली १४ असारमा स्पेन भ्रमणका लागि गएका थिए। उनको भ्रमणको छायामा देखिएको यो शंकास्पद गतिविधि अब सरकारको अनुसन्धानको केन्द्रमा परेको छ।