२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारले नागढुंगा सुरुङका लागि जापानसँग ५ अर्ब ३० करोड सहुलियत ऋण लिने

मन्त्रिपरिषद्को असार ३० गते बसेको बैठकले उक्त ऋण स्वीकृत गर्ने निर्णय गरेको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९६
  • काठमाडौं, असार ३२ – नागढुंगा सुरुङमार्ग निर्माणका लागि नेपाल सरकारले जापान सरकारसँग ५ अर्ब ३० करोड १० लाख रुपैयाँ (५ अर्ब ७० करोड जापानी येन) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को असार ३० गते बसेको बैठकले उक्त ऋण स्वीकृत गर्ने निर्णय गरेको हो। हाल सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सरकारले सन् २०२६ देखि सुरुङ सञ्चालन गर्ने तयारी गरिरहेको छ।

    यो आयोजनाले काठमाडौं उपत्यका र पश्चिम क्षेत्रबीचको यातायातमा महत्वपूर्ण सहजता ल्याउने अपेक्षा गरिएको छ। सुरुङमार्गको निर्माणमा जापान सरकारको सहकार्य महत्वपूर्ण रहँदै आएको छ।