१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको मधेस निरीक्षण : सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गर्दै किसानसँग भेटघाट



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २८६
  • महोत्तरी, साउन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेस प्रदेशको सुख्खाग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। बिहान १० बजे प्रधानमन्त्री ओली महोत्तरी हुँदै बारातर्फ प्रस्थान गरेका हुन्। उनले त्यहाँ भवन तथा पुलको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ।

    साउनको पहिलो सातासम्म पनि धान रोपाइँ गर्न नपाएको अवस्था हेर्न र किसानका समस्या सुन्न प्रधानमन्त्रीले अवलोकन भ्रमण थालेका हुन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, "आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ। तराई मधेसमा परेको सुख्खाले गम्भीर अवस्था बनाएको छ, त्यसैले वस्तुस्थिति बुझ्न र किसानको आवाज सुन्न लागेको हुँ।"

    सरकारले साउन ७ गते मन्त्रिपरिषद्को बैठकमार्फत मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। यतिबेला वर्षा नहुनाले धान खेती प्रभावित भएको छ। यसअघि प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, प्रदेश सरकार र उच्च अधिकारीहरूसँग समस्या समाधानका उपायबारे छलफल गरिसकेका छन्।

    प्रधानमन्त्रीको यो स्थलगत निरीक्षणबाट स्थानीय किसानले राहत र समाधानको आशा लिएका छन्।