६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

११ करोड ठगी आरोप लागेपछि सेयर ब्रोकर जयन्त श्रीवास्तव प्रहरीमा



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ५९
  • काठमाडौं, साउन २१ - सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवमाथि ११ करोड रुपैयाँ ठगी गरेको आरोप लागेपछि उनी आफैं काठमाडौं प्रहरी परिसरमा उपस्थित भएका छन्।

    श्रीवास्तवमाथि सेयर कारोबारको रकम भुक्तानी नगरेको आरोपमा उजुरी परेपछि उनी प्रहरी कार्यालय पुगेका हुन्। सेयर कारोबारी दीपेन्द्र अग्रवालले मिता मुरारका अग्रवाल र ज्योति अग्रवालसहित १५ जना लगानीकर्ताको नाममा गरिएको सेयर कारोबारबाट प्राप्त हुनुपर्ने ११ करोड ५५ लाख रुपैयाँ फिर्ता नभएको भन्दै उजुरी दर्ता गराएका थिए।

    प्रहरीका अनुसार दीपेन्द्र अग्रवालले ती व्यक्तिहरुको नाममा सेयर किनबेच गर्दै आफूले नै मूल्य वृद्धि गरेर सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई लगानी गराउन लगाएको अनुसन्धानमा देखिएको छ।

    कम्पनीले रकम फिर्ता नगरेको भन्दै उजुरी परेपछि प्रहरीले ठगीसम्बन्धी कसुरअन्तर्गत श्रीवास्तवमाथि अनुसन्धान सुरु गरेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंको अनुमति अनुसार प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

    प्रहरीका एक अधिकृतका अनुसार, “श्रीवास्तव आफैं परिसरमा आउनुभएको हो। ठगी सम्बन्धी उजुरी आएको छ। कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान भइरहेको छ।”