१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नक्कली भुटानी शरणार्थी प्रकरण : साक्षी बयानका लागि अदालतको मिति तोकियो



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३०१
  • काठमाडौँ, साउन २७ - दुई वर्षदेखि अल्झिएको नक्कली भुटानी शरणार्थी प्रकरण अब अन्तिम चरणतर्फ अघि बढ्ने भएको छ। काठमाडौँ जिल्ला अदालतले साक्षीको बयानका लागि पेसी तोकेको हो।

    न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने बकपत्रपछि अन्तिम सुनुवाइ सुरु हुने तयारी भएको हो।

    २०८० जेठ १० मा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। थुनछेक आदेश जारी भएयता ३२ पटक पेसी चढेकोमा, १ वैशाख २०८२ यता मात्रै २२ पटक सुनुवाइ मिति तोकिएको छ।

    यो प्रकरण गृहमन्त्री र गृहसचिवस्तरमा बिचौलियासँगको मिलेमतोमा नक्कली शरणार्थी सूची तयार भएको आरोप बाहिरिएपछि चर्किएको हो। प्रहरीको प्रारम्भिक कारबाहीअन्तर्गत १२ चैत २०७९ मा केशव दुलालसहित केही व्यक्तिहरू पक्राउ परेका थिए।