६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वार्षिक १०० कामदार नपठाउने मेनपावरको इजाजतपत्र नवीकरण सुरु



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ५५
  • काठमाडौं, साउन २७ - वैदेशिक रोजगारीमा वार्षिक १०० जना कामदार पठाउन नसक्ने मेनपावर कम्पनीहरूको इजाजतपत्र नवीकरण प्रक्रिया सुरु भएको छ। वैदेशिक रोजगार विभागले मंगलबारदेखि अनलाइनसहितको प्रणालीमार्फत नवीकरण कार्य अगाडि बढाएको हो।

    यसअघि २०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गरी, लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार नपठाउने मेनपावर व्यवसायीको इजाजतपत्र रद्द गर्ने व्यवस्था गरिएको थियो। तर, हालै नेपाल ऐनमा भएको संशोधनपछि सो प्रावधान खारेज भएको छ।

    नियमावली संशोधनमा ढिलाइ हुँदा केही समय अन्योल सिर्जना भए पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महान्यायाधिवक्ताको राय लिएर बाटो खुलाएको हो। महान्यायाधिवक्ता कार्यालयले अयोग्यता निष्क्रिय भएकाले इजाजतपत्र नवीकरण गर्न कानुनी अवरोध नरहेको निष्कर्ष दिएको थियो।

    साउन २६ गते मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले विभागलाई पत्राचार गर्दै नवीकरण सुरु गर्न निर्देशन दिएको हो। विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार अब मेनपावर व्यवसायीहरूले आवश्यक कागजात अनलाइनमार्फत पेश गर्नुपर्नेछ, जसको आधारमा विभागले नवीकरण प्रक्रिया पूरा गर्नेछ।