काठमाडौँ, भदौ १ – गुण्डा नाइके राजु गोर्खाली (राजेन्द्र बहादुर गोर्खाली) आइतबार चन्द्रागिरी, चोभारबाट पक्राउ परेका छन्। उनलाई बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।
प्रहरीका अनुसार, गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोड रुपैयाँको चेक बाउन्स भएपछि पक्राउ गरिएको हो। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ टोलीले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगेको छ।
५५ वर्षीय गोर्खाली हाल काठमाडौँ महानगरपालिका वडा नं. ७ मा बस्दै आएका छन्। उनी काठमाडौँ उपत्यकामा सक्रिय पुराना गुण्डामध्येका एक हुन् र २०७४–७५ मा पनि विवादका कारण पक्राउ परेर छुटेका थिए। त्यतिबेला उनी सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौँ मलमा ठेक्का र भाडा उठाउने क्रममा विवादमा फसेका थिए।
हाल, जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध थप अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस