हेटौंडा, भदौ ३१ - तनहुँबाट धनुषा जाँदै गरेको नेपाली सेनाको ट्रक मंगलबार दिउँसो दुर्घटनामा परेको छ । हेटौंडा र बाराको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गतको पुलबाट करिब १५ मिटर तल खस्दा सेनाको ट्रकमा सवार २२ मध्ये १६ जना घाइते भएका छन् ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूको परिचय हालसम्म खुल्न सकेको छैन भने उनीहरूलाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको ट्रक उपसेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ गइरहेको ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस