१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी विद्रोहपछि पहिलोपटक देखिए ओली



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १९६
  • काठमाडौं, असोज ७ – एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार भक्तपुरको गुन्डुस्थित आफ्नै नयाँ निवासमा देखापरेका छन्।

    जेनजी विद्रोहका कारण गत भदौ २४ गते प्रधानमन्त्री पद छोडेपछि ओली सार्वजनिक देखिएका थिएनन्। लामो मौन तोड्दै निवासमै कार्यकर्ता भेट्न आएका उनीसँग भेटघाटमा सहभागीहरूले फोटो खिचाए तर ओलीले कुनै प्रतिक्रिया जनाएनन्।

    विद्रोहका क्रममा गोली चल्दा ठूलो जनधनको क्षति भएको थियो। त्यसपछि देश राजनीतिक अनिश्चिततामा धकेलिँदा ओलीले पद त्यागेका थिए।

    हाल सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ र प्रतिनिधिसभा विघटन गरिएको छ। नयाँ निर्वाचन २१ फागुनका लागि तोकिएको छ।