१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माइतीघरमा प्रदर्शन गर्न खोज्दा सञ्जिव दाहाल पक्राउ



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २७९
  • काठमाडौं, असोज २३ - काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न खोज्ने क्रममा एक व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्ति सञ्जिव दाहाल हुन्। उनले प्रशासनको अनुमति बिना प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल माइतीघर क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा भेला गर्न अनुमति नदिएको जनाएको छ। तर दाहाल त्यसै ठाउँमा प्रदर्शन गर्न पुगेपछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार, माइतीघरमा करिब २८ दिनदेखि सरिश्मा थापाको नेतृत्वमा धर्ना चलिरहेको छ। दाहालको उपस्थितिले उक्त समूहलाई उक्साउने वा तनाव सिर्जना हुने सम्भावना देखिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    हाल दाहाललाई प्रहरीले थप अनुसन्धानका लागि परिसरमा राखेको बताइएको छ।