२४ असोज २०८२ शुक्रबार | 10 Oct 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

योगेश भट्टराईले बुझाए रातो पासपोर्ट



  • अञ्जना ढकाल
  • २० घण्टा अघि
  • पाठक संख्या ४६
  • काठमाडौं, असोज २३ — नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको रुपमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

    भट्टराईले राहदानी विभागमै उपस्थित भई आफ्नो पासपोर्ट स्वेच्छाले बुझाएको जानकारी दिएका छन्। प्रतिनिधि सभा विघटन भइसकेपछि अब उनी सांसद पदमा नरहेकाले राहदानी नियमावली २०७७ को नियम १८ बमोजिम एक महिनाभित्र पासपोर्ट फिर्ता गर्नुपर्ने प्रावधान लागू हुने भएको हो।

    उक्त नियम अनुसार, सरकारी पदमा रही कूटनीतिक वा विशेष राहदानी प्राप्त व्यक्तिले पदबाट अलग भएपछि वा विदेशमा रहे नेपाल फर्किएको मितिले एक महिनाभित्र राहदानी विभागमा पासपोर्ट बुझाउनुपर्ने व्यवस्था छ। समयमै फिर्ता नगरेमा विभागले सो राहदानी रद्द गर्न सक्ने कानुनी प्रावधान पनि रहेको छ।

    यसअघि निवर्तमान सांसदहरू प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले पनि संघीय संसद् सचिवालयमार्फत आफ्ना कूटनीतिक राहदानी फिर्ता गरिसकेका छन्।

    भदौ २७ गते प्रतिनिधि सभा विघटन भएपछि पूर्वसांसदहरूले राहदानी फिर्ता गर्ने क्रम जारी छ।