२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विपिन जोशीको भिडियो क्लिप आज सार्वजनिक हुँदै



  • क्वालिटी खबर
  • १० महिना अघि
  • पाठक संख्या २५६
  • काठमाडौं, असोज २२ - गाजामा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी बन्धक बनेको अवस्थाको भिडियो आज सार्वजनिक हुँदैछ।

    जोशीको परिवारले ‘होस्टेज फ्यामिली फोरम’ मार्फत उक्त भिडियो सार्वजनिक गर्ने तयारी गरेको हो। उक्त फोरम बन्धक र हराइएका व्यक्तिहरूका परिवारका लागि इजरायलमा स्थापित संस्था हो।

    जोशीलाई २०२३ अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण गर्ने क्रममा अपहरण गरी गाजामा लगेको थियो। त्यसयता उनी बेपत्ता थिए।

    इजरायली सेनाले प्राप्त गरेको भिडियोबाट निकालिएको एक स्थिर तस्बिर आज बिहान सार्वजनिक गरिएको र सो भिडियोको ३० सेकेन्ड लामो क्लिप भने आज बेलुकी ७:५५ इजरायल समय (नेपाल समय अनुसार राति १०:४०) मा सार्वजनिक गरिने बताइएको छ।

    फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ, “गाजाबाट प्राप्त यो जीवनको संकेतले हामीलाई अझै आशा दिएको छ कि विपिन जीवित छन् र हामी उनलाई फेरि फर्काउनेछौं।”

    इजरायलका अधिकारीहरूले जोशीसहितका दुई बन्धकको अवस्थाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन्। तर इजरायली सेनाले जोशीको मृत्यु भएको पुष्टि गरेको छैन।

    जोशी इजरायलमा कृषि अध्ययनका क्रममा थिए। उनको अपहरण भएको एक वर्ष नाघिसक्दा पनि उनीबारे ठ्याक्कै जानकारी नआएपछि परिवारले विभिन्न माध्यममार्फत उद्धारको अपिल गर्दै आएका छन्।