१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

५० लाखलाई एसएमएस पठाई संवैधानिक राजसंस्थाको आह्वान गर्ने पक्राउ



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १३९
  • काठमाडौँ, पुस ३० - मुलुकमा प्रदेश प्रणाली अन्त्य गरी संवैधानिक राजसंस्था पुनःस्थापना गर्न आह्वान गर्दै मोबाइलमार्फत ठूलो संख्यामा सन्देश पठाउने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले चितवन निवासी ३४ वर्षीय निर्देश सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख मोबाइल प्रयोगकर्तालाई एकैपटक एसएमएस पठाएका थिए। सो कार्य आफूले नै गरेको बयान उनले प्रहरीसमक्ष दिएका छन्।

    प्रहरीले जनाएअनुसार ती सन्देशमा प्रदेश संरचना खारेज गरी प्रत्यक्ष निर्वाचित प्रणालीसहित सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आग्रह गरिएको थियो। साथै, पुस ३० गते बालुवाटार क्षेत्रमा भेला हुन समेत आह्वान गरिएको उल्लेख छ।

    निषेधित क्षेत्रमा उपस्थित हुन उक्साएर सर्वसाधारणमा त्रास फैलाएको आरोपमा सेढाईंमाथि सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।