१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुशासन र पारदर्शिताको मुद्दा उठाउँदै राणाले छाडे रास्वपा



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १४२
  • काठमाडौँ, माघ २९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन्। बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्।

    राणाले पार्टीमा प्रवेश गरेदेखि नै आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताका विषयमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन्। तर, पार्टी नेतृत्वले ती विषयलाई गम्भीर रूपमा नलिई सीमित समूह र संरचनामा केन्द्रित भएको उनको आरोप छ।

    उनका अनुसार पार्टीभित्र सम्पन्न प्राइमरी निर्वाचन प्रक्रियामा समेत आर्थिक अनियमितता भएको दाबी गरेका छन्। उक्त विषयमा आफूले पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनले बताएका छन्।

    राजीनामासँगै उनले स्वदेश तथा विदेशमा रहेका पार्टीका समर्थक, शुभेच्छुक र सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै आफ्नो निर्णयबाट कसैलाई असहज भएको भए क्षमायाचना समेत गरेका छन्।

    राणाको राजीनामापछि पार्टीभित्र थप तरंग उत्पन्न हुने अनुमान गरिएको छ।