१० फागुन २०८२ आईतबार | 22 Feb 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा तय गरिएको रास्वपाको ‘परिवर्तन उद्घोष’ सभा स्थगित



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४२
  • काठमाडौँ, फागुन ८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्कीको पोखरामा आयोजना गर्ने तय गरेको ‘परिवर्तन उद्घोष’ कार्यक्रम स्थगित गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका क्रममा फागुन १० गते आइतबार उक्त सभा गर्ने योजना रहेको थियो।

    पार्टीका उपसभापति डोलप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा संगठनात्मक प्राथमिकता निर्धारण, रणनीतिक व्यवस्थापन तथा आन्तरिक तयारीलाई ध्यानमा राख्दै हाललाई कार्यक्रम स्थगित गरिएको उल्लेख छ। पार्टीले नयाँ मिति भने सार्वजनिक गरेको छैन।

    यसअघि रास्वपाले शनिबार रुपन्देहीको भैरहवामा गर्ने भनिएको सभा पनि स्थगित गरेको थियो। निर्वाचन नजिकिँदै जाँदा पार्टीले कार्यक्रम तालिका पुनःसमायोजन गर्दै तयारीलाई तीव्र बनाउने जनाएको छ।